×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछानेबारे जाँच गर्नुपर्छ : भीम रावल

रवि लामिछानेबारे जाँच गर्नुपर्छ : भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि जाँच गर्नुपर्ने बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गरी रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए । त्यसलाई लक्षित गर्दै रावलले ट्वीटरमा लामिछानेले आलोचना नसुनेर गालीगलौजमा उत्रिएर ठिक नगरको बताए ।

नेता रावलले भने, ‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ । सत्य तथ्य औँल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौँ ।’

प्रतिकृया दिनुहोस्