×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

‘गुराँस’ ले जित्यो नेदरल्याण्डको स्क्रिप्ट फन्ड

‘गुराँस’ ले जित्यो नेदरल्याण्डको स्क्रिप्ट फन्ड

काठमाडौँ- सौरभ राईको निर्देशनमा बन्ने चलचित्र ‘गुराँस’ ले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने चलचित्रले १० हजार यूरो रकम रहेको हुबर्ट बल्स फन्ड प्राप्त गरेको हो ।

हुबर्ट बल्सले ‘गुराँस’ सँगै ब्राजिल, थाइल्यान्डलगायत १० देशका चलचित्रलाई फन्ड उपलब्ध गराएको हो । कालिम्पोङ मूल थलो भएको नेपाली भाषी सौरभको यो दोस्रो फिचर फिल्म हो । यसअघि उनले निर्देशन गरेको ‘निम्तो’ले मुम्बई फिल्म फेस्टिभलको सबैभन्दा ठूलो पुरस्कार ग्रान्ड प्राइज जितेको थियो ।

नेपालमा चलचित्र आइसफल प्रोडक्सनले निर्माण गर्न लागेको हो । चलचित्रमा आइसफलसँगै क्राउलिङ एन्जलको पनि निर्माणमा साझेदारी रहनेछ । सञ्जय गुलाटी पनि यो चलचित्रको निर्माणमा साझेदार रहनेछन् । आइसफलले यसअघि निर्माण गरेको ‘ऐना झ्यालको पुतली’ प्रदर्शनको पर्खाइमा छ ।

प्रतिकृया दिनुहोस्