काठमाडौं– अभिनेत्री श्रद्धा प्रसाईं र कमेडियन बिक्की अग्रवाल आज बुधबार लगन गाँठो कस्ने भएका छन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उनीहरुको वैवाहिक कार्यक्रमका बीच सम्पन्न हुने भएको हो। आज(बुधवार) साँझ नै उनीहरुले रिसेप्सन पार्टी पनि आयोजना गरेका छन् ।
सोमबार मेहेन्दी कार्यक्रम आयोजना गरिएको थियो ।आज परिवार, आफन्त तथा निकटका सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्ने तयारी गरेका छन् । गत मंसिरमा नै यी दुईले इन्गेजमेन्ट गरेका थिए ।
श्रद्धाले ‘दर्पणछाया २’ बाट फिल्म करिअर थालेकी थिइन्। ‘प्रेमगीत २’ उनको पछिल्लो फिल्म हो। त्यसपछि उनी टेलिभिजनको कार्यक्रममा व्यस्त छिन्।त्यस्तै कमेडी विक्की कमेडी च्याम्पियनका फस्ट रनरअप हुन्।