गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहेको’ बोलको गीत सार्वजनिक भएको छ । भिडिओ लामाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । तमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईँको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । यमु शर्मा क्रिएशनको प्रस्तुति रहेको भिडिओमा शिल्पा पोखरेल र आयुश छेत्रीको अभिनय छ ।
नवराज उप्रेतीको छायांकन, किरण गिरीको सम्पादन श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा र आयुश छेत्रीको निर्देशन भिडिओमा रहेको छ । भिडिओमा घरेलु हिंसामा नारीको मौनतालाई देखाइएको छ ।