×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सानिमा इन्स्योरेन्सको (आईपीओ)पहिलो कारोबार ३०९ रुपैयाँमा

सानिमा इन्स्योरेन्सको  (आईपीओ)पहिलो कारोबार ३०९ रुपैयाँमा


काठमाडौँ   -सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड भएको सेयर ५ लाख ४० हजार जनाले १० कित्ताका दरमा सेयर पाएका थिए ।

 

प्रतिकृया दिनुहोस्