काठमाडौं - कोरोना संक्रमणपछि उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूमा भर्ना गरिएको छ ।
अक्सिनजको मात्र कम देखिएपछि उहाँलाई आईसीयूमा सारिएको नर्भिक अस्पतालले जनाएको छ ।
‘उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधवार बेलुका नै आइसियूमा सारिएको हो ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।