×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश १ मा विपद् व्यवस्थापन, स्रोतसाधन र आर्थिक अभाव

प्रदेश १ मा विपद् व्यवस्थापन, स्रोतसाधन र आर्थिक अभाव

सुनसरीको कोशी तटीय क्षेत्रका नागरिकको त्रास सधैं एउटै छ, सप्तकोशीमा पानीको सतह कति पुग्यो । वर्षालागेसँगै शुरु हुने यो समस्या हिउँद नलागेसम्म रहन्छ । यो क्षेत्रका नागरिकले आफूहरुले कोशीको अवस्था बारेमा जानकारी लिनका लागि कि कोशी किनारमा नै पुग्नुपर्ने हैन भने भारतीयबाट सूचना लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

संवाद समूह मोरङले आयोजना गरेको भर्चुअल संवादको क्रममा बराहक्षेत्रका रबिन घिमिरेले जिम्मेवार निकाय कुन हो भनेर खोज्नुपर्ने अवस्था रहेको बताए । कुनैपनि निकायमा कोशीसम्बन्धीका दस्तावेजहरु अहिलेसम्म नरहेको उल्लेख गर्दे प्रदेश सरकारले कुनैपनि एउटा कोशी हेर्ने डेस्क बनाउन सुझाव दिए । ‘प्रमुख जिल्ला अधिकारी, प्रदेश सरकारका सचिव र मन्त्रीहरुको भारतीय समकक्षीसँग कसरी छलफल भएको थियो त्यो बारेमा नागरिकलाई पनि जानकारी दिइनुपर्छ,’ उनले भने— ‘कोशीमा आउने बाढीको बारेमा नेपालीलाई जानकारी हुँदैन भारतीयबाट सुचना लिनु पर्ने बाध्यता छ ।’

क्षेत्राधिकार, जनशक्ति र आर्थिक अभाव
विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले तयारी थालेको जनाएको छ । विपद् व्यवस्थापनका लागि दीर्घकालीन र अल्पकालीन योजना निर्माण गरी अघि बढ्ने प्रदेश सरकारले जनाएकोछ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले प्रदेशभित्र हुने सम्भावित विपद्को प्रतिकार्य योजना निर्माण गरिरहेकोले तत्काल त्यो ल्याउन लागिएको बताए । धेरै ठाउँ उच्च जोखिममा रहेकोले जोखिम न्युनिकरणका लागि प्रदेश सरकारले आफ्नो माताहतको युनिट परिचालन गरी त्यसको तयारी थालेको पनि मन्त्री कार्कीको भनाइ छ ।   ‘पछिल्लो समय विपद्को मुख्य कारण गाउँ गाउँमा चलेको विकासको लहर पनि हो,’ उनले भने– ‘भौगर्भिक अध्ययन नै नगरी हुने विकास निर्माणले अहिले धेरै ठाउँमा ठूला क्षति निम्त्याएको छ ।’

विपद्को अवस्था मापन, कुन ठाउँमा कस्ता खालका कार्ययोजना बनाएर अघि बढ्ने भन्ने कार्ययोजना निर्माणको क्रममा ध्यान दिइएको मन्त्री कार्कीले बताए । भौगोलिक तथा जलवायु क्षेत्रमा उत्पन्न हुने विपद्को बारेमा पनि सबै क्षेत्र चनाखो हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्