×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावमा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न पत्रकारलाई रोक

चुनावमा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न पत्रकारलाई रोक

काठमाडौं - निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा  पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ। 
आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ७ मा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न रोक लगाएको हो ।
त्यस्तै यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न पनि नहुने व्यवस्था गरेको छ।

आचारसंहिताले कुनै राजनीतिक दल, नेता वा उम्मेदवारको दान, उपहार, सहयोग पत्रकारले लिन तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न पनि रोक लगाएको छ।

आचारसंहितामा अनलाइन वेबपेजमा राजनीतिक दल वा उम्मेदवारको विज्ञापन गर्न नपाइने उल्लेख छ। यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा भने निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छूट दिइएको छ।

प्रतिकृया दिनुहोस्