काठमाडाैँ- राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिएकाे नागरिकता अध्यादेश संसद्ले हुबहु पारित भएपछि अब राष्ट्रपतिले के गर्लिन् भन्ने कुरा सर्वत्र चासाकाे विषय बनेकाे छ ।
यस्तोमा राष्ट्रपति भण्डारीले संसद्मा नागरिकता विधेयकमाथि छलफल भइरहँदा आफ्नो आगामी संवैधानिक कदमबारे निर्णय गर्न बिहीवार शीतलनिवासमा संविधानविद् तथा सरोकारवालाहरूसँग छलफल गरिन् ।
छलफलका क्रममा राष्ट्रपति भण्डारीले सरकारले संसद्मा आवश्यक छलफल समेत नगरी हुबहु नागरिकता विधेयक पारित हुन् लागेकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
त्यस्तै, उनले सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको तथा राष्ट्र र राष्ट्रियताबारे पनि चिन्तित रहेको बताइन् । सरकारसँग असन्तुष्ट राष्ट्रपतिलाई छलफलमा सहभागीहरूले राजीनामाबारे सोध्दा उनले हाललाई त्यसप्रकारको कुनै योजना नरहेको बताएकी थिइन् ।
छलफलमा संविधान तथा कानुनविद्हरू डा। सुरेन्द्र भण्डारी, डा। भीमार्जुन आचार्य, डा। विपिन अधिकारी पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतको सहभागिता रहेको थियो ।