×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अभियान्ता तारा बरालसहित पाँच जनामाथि निर्घात कुटपिट

अभियान्ता तारा बरालसहित पाँच जनामाथि निर्घात कुटपिट

काठमाडौं - सामाजिक अभियन्ता तारा बरालमाथि निर्घात कुटपिट भएको छ । वैदेशिक रोजगार व्यवसायीहरुको लाइसेन्स खोस्न माग गर्दै वैदेशिक रोजगार विभागमा दबाब दिन पुगेकी बरालसहित उनको समूहका पाँच जनामाथि निर्घात कुटपिट भएको छ ।

बुद्धनगरस्थित विभागमा बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने  र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । त्यसक्रममा उग्रता प्रदर्शन गरेपछि मेनपावर व्यवसायीले उनीहरुलाई ठाउँको ठाउँ भकुरेको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । 
विभाग परिसरभित्रै कुटाकुट हुन थालेपछि प्रहरीले बराल समूहका पाँच जना र एक जना वैदेशिक रोजगार व्यवसायीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले प्रहरी वृत्त तीनकुनेमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्