×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालबालिकालाई चुनाव प्रचारमा प्रयोग नगर्न आयोगको आग्रह

बालबालिकालाई चुनाव प्रचारमा प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरू सार्वजनिक गर्दै, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने’ आयोगले भनेको छ ।

बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ । घरदैलोमा जाँदा उम्मेदवारले २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।

प्रतिकृया दिनुहोस्