×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से परिसूचक ६ अंकले बढ्यो

नेप्से परिसूचक ६ अंकले बढ्यो

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । यस दिन सेयर बजार परिसूचक (नेप्से) ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेर ३८३.७७ बिन्दुमा पुगेको छ ।

यस दिन १ अर्ब ७ करोड १६ लाख १५ हजार ९ सय २२ रुपैयाँमा २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर किनबेच भएको छ । यस दिन १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ४१ ओटा कम्पनीको मूल्य घटेको छ । १५ ओटा कम्पनीको मूल्य स्थिर रहेकाे छ ।

यस दिन सबैभन्दा बढी रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स ९.१८ प्रतितले, जोशी, ८.१२ प्रतिशतले, युनाइटेड इन्स्योरेन्स ६.५ प्रतिशत, अपर हेवाखोला ५.७५ प्रतिशतले मूल्य बढेको छ ।

यस दिन अपर हेवाखोलाको सेयर बारोबार सबैभन्दा बढी पटक भएको छ । रिडि पावर कम्पनीको सबैभन्दा बढी मूल्यको सेयर खरिद बिक्री भएको छ । यस दिन होटेल एन्ड टुरिजम, म्यानुफ्याक्चरिङ एन्ड प्रोडक्सन, म्युचुअल फण्ड र अन्यबाहेक बाँकी ९ ओटा समूहको समूहगत सूचक उकालो लागेका छन् ।

प्रतिकृया दिनुहोस्