×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लुम्बिनी प्रदेश सरकारले गर्यो ४० अर्ब ४८ करोडको बजेट विनियोजन

लुम्बिनी प्रदेश सरकारले गर्यो  ४० अर्ब ४८ करोडको बजेट विनियोजन

बुटवल– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि कूल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

आज आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन अर्ब ५८ करोड ९७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


आगामी वर्षको खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँड भइ आउने राजस्व २ अर्ब ५० करोड ३० लाख अनुमान गरिएको छ । 

त्यस्तै संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड, विशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने प्रदेश सरकारको अनुमान छ ।
बजेटमा २ लाख रोजगारी सृजनालाई प्राथमिकतामा राखिएको छ ।

प्रतिकृया दिनुहोस्