×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजु गुरुङको मुद्दा सुस्मलता र कुमारको संयुक्त इजलासमा

राजु गुरुङको मुद्दा सुस्मलता र कुमारको संयुक्त इजलासमा

काठमाडौँ- नेकपा एकीकृत समाजवादीबाट रुपन्देही २ का उम्मेदवार राजु गुरुङको मुद्दाको रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ। बुधबारका लागि सुनुवाइ तोकिएपनि उनको पेशी ३० नम्बरमा परेकोले मुद्दामा सुनुवाइ हुने सम्भावना कम देखिएको छ।

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका गुरुङ बैंकिङ कसुरमा दोषी ठहर भएपछि कालोसूचीमा परेका हुन्। कालो सूचीमा परेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उनको उम्मेदवारी खारेज गरिएको थियो। निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी रद्द गरेपनि गत बिहीबार सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

‍यदि इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश गरेमा गुरुङ उम्मेदवार हुने छन्।

प्रतिकृया दिनुहोस्