×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता

काठमाडौं - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवालाई भेट्न माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । ‘दाहाल र नेपाल आउनुभएको हो, पछिल्ला राजनीतिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भयो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । प्रधानमन्त्री देउवाले मंगलबारमात्रै निर्वाचन आयोगसँग जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने मितिबारे छलफल गरेका थिए । अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यसबारे निणर्य गर्ने र मिति घोषणा गर्ने देउवाको तयारी छ ।

गठबन्धनभित्र एमसीसी पास गर्ने विषयमा भने मतभेद रहेको छ । माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन् भने प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गराउने पक्षमा देखिएका छन् ।

प्रतिकृया दिनुहोस्