नयाँ दिल्ली: आइसीसीले टी–२० वल्र्ड कप भारतमा नहुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतमा हुने भनिएको टी–२० वल्र्ड कपको आयोजना युएइ र ओमानमा हुने जनाएको छ ।
सुरूमा टी–२० प्रतियोगिता भारतमा हुने तय भएको थियो । तर, भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले कोरोनाका कारण युएईमा सार्न प्रस्ताव गरेको थियो ।
बीसीसीआईका प्रमुख सौरव गांगुलीले टी–२० वल्र्ड कप युएईमा सार्न प्रस्ताव गरिएको बताएका थिए । आइसीसीले जनाएअनुसार प्रतियोगिताको आयोजक भने भारतीय क्रिकेट बोर्ड नै हुनेछ ।
टी–२० का खेलहरू दुबई, अबुधाबी, सारजाह र ओमानमा खेलिने छ । प्रतियोगिताको पहिलो खेल १७ अक्टुबर र अन्तिम खेल १४ नोभेम्बरमा हुने छ ।