काठमाडौं- बालबालिका लागि करिब २४ लाख डोज कोरोना भाइरसविरुद्धको फाइजर खोप आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत पाँच देखि ११ वर्षसम्मका बालबालिका लागि थप २३ लाख ९९ हजार ३०० मात्रा डोज खोप आइतबार आइपुगेको हो ।
यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।