×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सूचना/प्रविधि

गो गो रोर्बट बनाएका लभ कुशको नयाँ आविष्कार

गो गो रोर्बट बनाएका लभ कुशको नयाँ आविष्कार

मान्छे बिनै चिया बेच्ने मेसिन

नेपालकै पहिलो नेपाली भाषा बोल्ने मार्स ‘गो गो’ रोर्बट र कोरोनाको समयमा आइसोलेसन वार्डमा प्रयोगमा ल्याउन सकिने नर्स रोबोट ‘गो कोरोना रोबोट’ बनाएका बुटवलका जुम्ल्याहा दाजुभाइ लभ र कुश पन्थीले सफ्टवेयरमार्फत मान्छे बिनै चिया बिक्री गर्न सक्ने मेसिन (टी–स्क्यान) बनाएका छन् ।

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा न. ७ घर भई हाल बुटवल बस्दै आएका १८ वर्षका उनीहरुले ६ महिना लगाएर बनाएको सफ्टवेयरले क्यूआर कोड स्क्यान मार्फत चिया बेच्ने मान्छेको भौतिक उपस्थिति बिना नै चिया बेच्न सक्ने प्रविधि विकास गरेका हुन् ।

यो प्रविधिमा चिया राख्ने मेसिनको माथिलो भागमा क्यूआर कोड राखिएको छ, जसमा ग्राहकले आफ्नो ई–सेवा वालेट तथा मोबाइल बैकिङ एपको सहायताले कोडलाई स्क्यान गरेर रकम तिरेपछि मेसिनको चिया कपमा झर्छ ।

चियाको मूल्य बराबरको रकम खातामा गएपछि मात्र चिया झर्ने र कप भरिएपछि स्वतः रुपमा बन्द हने लब पन्थीले बताए । एक पटक पकाएको चिया ६ देखि ७ घन्टा सम्म एउटै तापक्रममा रहने उनीहरुले जानकारी गराएका छन् ।

क्यूआर कोड स्क्यान गरेर चिया बिक्री गर्न मिल्ने सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो भएको लभ–कुशले बताएका छन् । यसबाट चिया मात्र नभई जुस दूध लगायत तरल पदार्थ बेच्न सकिन्छ ।

काठमाडौंको विभिन्न स्थानहरुमा थरमसमा चिया बेच्ने गरीएकाले त्यसमा सहजता ल्याउन उक्त मेसिनको निमार्ण गरिएको उनीहरुले बताएका छन् । यस मेसिनबाट रोजगारी सिर्जना समेत हुने उनीहरुको विश्वास रहेको छ ।

‘क्यूआर कोड पेमेन्ट सिष्टम’मा ई–सेवाले सहकार्य गरेको छ । यो सफ्टवेयरको व्यवसायिक प्रयोग भएको खण्डमा अस्पताल लगायत सार्वजनिक स्थानमा चिया पसल वा थर्मसमा बोकेर चिया बेच्ने झन्झट नहुने लब पन्थीले बताए । सफ्टवेयर सहित ५ लिटरको उक्त मेसिनको २९ हजार ९ सय ९९ रुपैयाँ मुल्य राखिएको उनीहरुले बताएका छन् ।

विज्ञान विषयमा कक्षा १२ उतीर्ण गरेका उनीहरुले निमार्ण गरेको ‘गो कोरोना’ रोबोटलाई उनीहरुले प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए । रोबोटमार्फत नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने आफूहरुको उद्देश्य रहेको तर सरकारी निकायबाट आर्थिक सहयोग प्राप्त उनीहरुको गुनासो छ ।

प्रतिकृया दिनुहोस्