काठमाडौं- सरकारले देशभत्रि रेलमार्गको सञ्जाल विस्तार गर्न आगामी आर्थिक वर्षको बजेटमा १० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।
जोगबनी–बिराटनगर रेल सेवा सञ्चालन गर्ने, कुर्ता–जयनगर–जनकपुरमा रेल सेवा शुरु गर्ने, बर्दिवासमा स्टेशन निर्माण, काँकडभिट्टा ईनरुवाको जग्गा अधिगरण गरी निर्माणको काम शुरु गरिने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।
अन्तराष्ट्रिय परार्शदाता नियुक्त गरी काठमाडौँ उपत्यकामा मेट्रो रेल र सहरी केबुलकारको सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
त्यस्तै, बर्दिबास–निजगढको ट्«याक निर्माणको काम सम्पन्न गरिने र रक्सौल–काठमाडौँ र केरुङ–काठमाडौँ रेलमार्गको बिस्तृत अध्ययन गरिने भएको छ ।