काठमाडौँ- कानुनी व्यवस्था मिचेर स्याटेलाइट प्रविधिमार्फत गैर-कानुनी रूपमा दूरसञ्चार सेवा सञ्चालन भएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको ध्यानाकर्षण भएको जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ । दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न जारी सूचनामा आग्रह गरिएको छ ।
अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गरिने जनाउँदै प्राधिकरणले गैरकानुनीरूपमा इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।
पछिल्लो समय कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।