×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘भाग्न पाइँदैन, बैठकमा आएर जवाफ दिनुहोस्’ – रञ्जितालाई रेशमको सार्वजनिक सन्देश

‘भाग्न पाइँदैन, बैठकमा आएर जवाफ दिनुहोस्’ – रञ्जितालाई रेशमको सार्वजनिक सन्देश

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठकमा उपस्थित भएर आफूमाथि लागेका आरोपहरूको स्पष्टीकरण दिन सार्वजनिक रूपमा आह्वान गरेका छन्। कास्कीको जग्गा प्रकरणमा मुछिएर अख्तियारको अनुसन्धानमा तानिएपछि रञ्जिता पार्टी गतिविधिबाट टाढिएकी छिन्।

एक भिडियो सन्देश जारी गर्दै चौधरीले भनेका छन्, “तपाईं भाग्न पाउनु हुन्न, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ।” अध्यक्ष रञ्जिताले बैठकलाई 'अवैधानिक' भन्दै पन्छिन खोजेकोमा आपत्ति जनाउँदै रेशमले अध्यक्षको नाताले सोधखोज गर्नु र सदस्यहरूको भावना बुझ्नु उहाँको जिम्मेवारी भएको बताए।

रेशमले पार्टीमा हाल उत्पन्न परिस्थितिको मुख्य जिम्मेवार रञ्जिता नै भएको आरोप लगाउँदै भने, “जनता अन्योलमा छन्। हाम्रो पार्टीका अध्यक्षलाई मुद्दा लाग्यो, खै त जवाफ? एउटा मुखले मात्र बोलेर हुँदैन, केन्द्रीय समितिमा आएर आफ्नो कुरा राख्नुभयो भने लाखौं मुखले तपाईंको पक्ष वा विपक्षमा बोल्लान्।”

उनले पार्टीलाई बन्धक नबनाई निकास दिन आग्रह गर्दै भने, “पार्टीलाई निरंकुश बनाउन पाइँदैन। यसको निकास तपाईंले नै दिनुपर्छ।”

प्रतिकृया दिनुहोस्