काठमाडौं - नेपाल ‘ए’ले एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडासामू २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा विकेट आठ गुमाउँदै २१६ रनको योगफल तयार पार्याे ।
नेपाल ‘ए’का लागि तल्लो क्रमका ब्याट्सम्यान बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित एतिहासिक अर्धशतक प्रहार गरे। यसैगरी रासिद खानले ४०, मायन यादवले समान ३६, किरण ठगुन्नाले २५ विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।
क्यानडका लागि कप्तान साद बिन जाफले तीन, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक विकेट लिए ।