×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले लिएन सुदूरपश्चिम सरकारको समर्थन फिर्ता,जोगियो सरकार

एमालेले लिएन सुदूरपश्चिम सरकारको समर्थन फिर्ता,जोगियो सरकार

काठमाडौं - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो। बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रुपमा नआएको बताइन्। साथै हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिने निर्णय भएको बताइन्।

यो निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकार जोगिएको छ। नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर सो निर्णय विपरित संसदीय दलको बैठकले सो निर्णय गरेको हो।
सभामुख अर्जुन थापासहित प्रदेश सभामा एमालेका जम्मा २५ जना सांसद छन्। तर सभामुखको भूमिका तटस्थ रहने भएकोले बैठकमा २४ जना सांसद मध्ये ३ जना भने अनुपस्थित रहेको बताइएको छ। अनुपश्थित हुने सांसदहरुमा रतन थापा, लिलाधर भट्ट, गेल्बुसिंह बोहरा रहेका छन्। तीनै जना ओली समूहका सांसद हुन्। यहाँ माधव नेपाल समूहका सांसदहरुको बहुमत रहेको छ।

प्रतिकृया दिनुहोस्