×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधान न्यायाधीशले आफूलाई पनि तोके इजलास

प्रधान न्यायाधीशले आफूलाई पनि तोके इजलास

काठमाडौँ- प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूसहित ६ वटा इजलास तोकेका छन् । उनले आजका लागि बन्दीप्रत्यक्षीकरण मुद्दामा ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका हुन् । प्रधान न्यायाधीश जबराले कात्तिक ८ गतेयता आफूलाई २ वटा मात्रै इजलास तोकेका थिए । सर्वाेच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार जबराले न्यायाधीश कुमार चुडालसँग देवेन्द्र थापा मगरको मुद्दामा आफूलाई इजलास तोकेका हुन् । विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी तथा तेजबहादुर केसी र नहकुल सुवेदीलाई संयुक्त इजलास तोकिएको प्रवक्ता दाहालले जानकारी दिए ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार चुडाललाई एकल इजलास पनि तोकिएको छ । न्यायालय सुधारका लागि प्रधान न्यायाधीश जबराले विकल्प दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा हेरेका छैनन् ।

प्रतिकृया दिनुहोस्