×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगन्ज आउन घडिअर्वा पूजा समितिको औपचारिक निमन्त्रणा

प्रधानमन्त्री बालेन शाहलाई छठ मनाउन वीरगन्ज आउन घडिअर्वा पूजा समितिको औपचारिक निमन्त्रणा

वीरगन्ज-१० स्थित घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई लोकआस्थाको महापर्व छठ मनाउन वीरगन्ज आइदिन औपचारिक आग्रह गर्दै निमन्त्रणा-पत्र पठाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउन जनकपुर जाने तय भएपछि समितिले प्रधानमन्त्री शाहलाई वीरगन्ज आउन निमन्त्रणा गरेको हो।

मङ्गलबार वीरगन्जमा समितिका अध्यक्ष राकेश साह कानुसहितको टोलीले पर्सा क्षेत्र नं. २ का सांसद सुशील साह कानुमार्फत निमन्त्रणा-पत्र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ। नेपालमै प्रसिद्ध घडिअर्वा पोखरी छठघाटमा विगत दुई दशकदेखि भव्य रूपमा छठ पर्व मनाइँदै आइएको छ। अध्यक्ष साहका अनुसार यसवर्ष कात्तिक २९ गते परेको मुख्य दिन (सँझिया घाट) मा प्रधानमन्त्री शाह आएर छठी माईको आशीर्वाद ग्रहण गरिदिएमा समस्त वीरगन्जवासीले सौभाग्य महसुस गर्नेछन्।

#BalenShah #RabiLamichhane #ChhathPuja2026

प्रतिकृया दिनुहोस्