काठमाडौं- सरकारले सञ्चार र पर्यटन क्षेत्र लक्षित गरी अघि बढाएका दुई अध्यादेशहरू राष्ट्रपति कार्यालयमा रोकिएका छन्। गत १७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका दुवै अध्यादेश राष्ट्रपति कार्यालयले ‘अध्ययनका लागि’ भन्दै होल्डमा राखेको हो।
सरकारले ‘प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्न सिफारिस गरेको थियो। तर, संसद् छलेर प्रेससँग सम्बन्धित संवेदनशील कानुन अध्यादेशमार्फत ल्याउन लागिएको भन्दै नेपाल पत्रकार महासङ्घलगायतका सरोकारवाला निकायहरूले तीव्र आलोचना गर्दै अध्यादेश जारी नगर्न राष्ट्रपतिसमक्ष औपचारिक आग्रह गरेका छन्। सरोकारवालाहरूको विरोध र अध्ययनको कारण देखाउँदै राष्ट्रपति कार्यालयले अध्यादेश प्रमाणीकरणमा ढिलाइ गरेको हो।
#OrdinanceNepal #PresidentOffice #ShitalNiwas