×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पल शाहसँगको सम्बन्धबारे समिक्षाको स्टाटस

पल शाहसँगको सम्बन्धबारे समिक्षाको स्टाटस

काठमाडौँ- कला क्षेत्रमा गसिपको गाइगुईँ चल्ने कुरा अनौठो होइन । केही समय अगाडि नायक पल शाह र गायिका समीक्षा अधिकारीको ‘प्रेम सम्बन्ध’ले राम्रै चर्चा पायो ।

यो विषयलाई बुझ्न सुरुमा त चितवनमा सुटिङ भएको समीक्षा अधिकारी र खेम सेञ्चुरीको आवाजमा रहेको सुर्ती माड्दै माड्दै बोलको गीतमा पुग्नुपर्छ । गीतको भिडियोमा पल र समीक्षालाई देख्न सकिन्छ । उनीहरुको घनिष्ठता त्यही गीतको भिडियो छायांकनबाट सुरु भएको भनिन्छ ।

केही समय लुकाउन खोजेपनि लुकाउन नसकेको भनिने उनीहरुको सम्बन्धको बारेमा सञ्चारमाध्यममा खबर आउन थालेपछि यो चर्चा ब्यापक भयो । जसका कारण फेसबुकमा समीक्षाले पलसँग आफ्नो प्रेम सम्बन्ध नरहेको स्पष्टिकरण दिइन् । लगत्तै पलले पनि फेसबुकमै स्टाटस लेखे । उनीहरूबीचमा गोप्य सहमति भएको भन्ने हल्ला पनि त्यसबेला चल्यो ।

यो विषय फेरि चर्चामा आएको छ । समीक्षाले शुक्रबार पलसँग आफ्नो कुनै सम्बन्ध नरहेको भन्ने आफ्नो पुरानो स्टाटसको स्किृनसट राख्दै फेसबुकमा लेखेकी छिन “म लामो केही भन्दिन्, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिए । अब समय आउदैछ, यथार्थ खुलाउनेछु ।”

उनले यसबारेमा प्रष्ट नलेखे पनि यो स्टाटस हेर्दा उनले पल वा उनी पक्षका अरु कसैको प्रलोभनमा परेर यो स्टाटस लेखेको भने सजिलै बुझ्न सकिन्छ । त्यसो त समीक्षाले ३ दिन अगाडी मात्र मुकुण्डो लगाएको तस्बिर आफ्नो फेसबुकमा राख्दै “सायद तिमिलाई नसम्झेको पल हुदैन रियल लाग्ने सबै अनुहार रियल हुदैनन् ।” (विस्तारै खुल्छ मुकुन्डो) भन्दै स्टाटस लेखेकी थिइन् । समिक्षाले यसबारेमा थप के कुरा खुलाउलिन् भन्नका लागि भने कुनैपर्ने छ । अहिलेलाई भने सेलाइसकेको ठानिएको यो प्रसंगको उठान भने भएको छ ।

प्रतिकृया दिनुहोस्