×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मेक्सिकोमा ट्रक दुर्घटना भएर, ४९ जनाको ज्यान गयो

मेक्सिकोमा ट्रक दुर्घटना भएर, ४९ जनाको ज्यान गयो

काठमाण्डाै - मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्  ।गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।  यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।  गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस्