×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता सोमबारबाट लागू

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता सोमबारबाट लागू

काठमाडौँ- माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारबाट आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले आइतबार विज्ञप्ति निकालेर निर्वाचन अवधीभर आचारसंहिता लागू हुने जनाएको हो । आचार संहिता पालना नभए कारबाही गर्ने चेतावनी आयोगले दिएको छ ।

आयोगकाअनुसार आचार संहिता तीनवटै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी,अर्ध सरकरी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई पनि आचार संहिता लागू हुनेछ।

यस्तै निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैर सरकारी संस्था, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
यस्तो छ आयोगको विज्ञप्ति–

प्रतिकृया दिनुहोस्