काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर ८७७ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।