×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल 'ए' द्वारा क्यानाडा पराजित, शृंखला १-१ को बराबरीमा

नेपाल 'ए' द्वारा क्यानाडा पराजित, शृंखला १-१ को बराबरीमा

काठमाडौं - क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा नेपाल 'ए' विजयी भएको छ । मंगलबार मुलपानी मैदानमा सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल 'ए'ले क्यानडालाई २ विकेटले हराएको हो । नेपाल एको जितसँगै तीन म्याचको सिरिज १–१ को बराबरीको अवस्थामा पुगेको छ ।

सुरुवाती ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा एक बल बाँकी छदै २ सय ४० रनमा अलआउट भएको थियो । श्रेयश मोभाले ६८ रन बनाएको इनिङ्समा नवनीत धालिवालले ४६ रन बनाएका थिए । 

नेपालका साहब आलमले ३ तथा रासिद खान र शेर मल्लले समान दुई विकेट लिएका थिए । 

क्यानडाले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपालले ५ बल बाँकी छदै ८ विकेट गुमाएर पुरा गर्यो । कप्तान सन्दीप जोराले ६६ रन बनाएको इनिङ्समा बासिर अहमदले ५२ रनको योगदान गरे । रासिद खानले ४७ रन बनाए । 

क्यानडाका निखिल दत्त, आमोर खालिद र साहिद अहमदजईले समान दुई विकेट हात पारे । 

सिरिज अन्तर्गतको पहिलो खेलमा क्यानडा ४ विकेटले विजयी बनेको थियो । 
 

प्रतिकृया दिनुहोस्