×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला युरो: फ्रान्स समूह विजेता

महिला युरो: फ्रान्स समूह विजेता


काठमाडौं- बेल्जियमलाई पराजित गर्दै फ्रान्स महिला युरो २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीवार राति रोथर्हाम स्थित न्युवर्क स्टेडियममा बेल्जियमलाई २-१ अन्तरले पराजित गर्दै फ्रान्स समूह डी को विजेता रुपमा अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अघिल्लो खेलमा इटालीलाई ५-१ अन्तरले पराजित गरेको फ्रान्स लगातार दोस्रो जित निकाल्न सफल भएको हो । खेलमा अग्रता फ्रान्सले बनायो । उसका काडिदिआटोउ डिआनीले छैटौं मिनेटमा गोल गरिन ।  बेल्जियमकि कायमानले ३६औं मिनेटमा गोल गर्दा खेल १-१ को अवस्थामा बढ्यो । तर, पहिलो हाफ सकिन ४ मिनेट अघि एमबोक बाथीले गोल गरेपछी फ्रान्स विजयी भयो ।

समूहमा फ्रान्सको दुई खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका आइसल्यान्डको दुई अंक तथा बेल्जियम र इटालीको समान एक अंक छ  । बिहीबार राति भएको खेलमा इटाली र आइसल्यान्डले १-१ अन्तरको बराबरी खेले ।

प्रतिकृया दिनुहोस्