काठमाडौँ -साताको अन्तिम कारोबार दिन, प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १६ अंकले बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १०४.८८ अंक बढेर २८१६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.५७ अंक बढेर २८३३.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.०३ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४४ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।