×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

आजदेखि प्रभु बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै

आजदेखि प्रभु बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्दै

काठमाडौं - प्रभु बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।
बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्