×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पुरुष क्लब भलिबलमा आर्मी च्याम्पियन

पुरुष क्लब भलिबलमा आर्मी च्याम्पियन

काठमाडौँ । छैटौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले  जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिवार (आज) भएको फाइनलमा साबिक विजेता हेल्प नेपाललाई ३(१ को सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

आर्मीले पहिलो सेट २६(२४ ले जितेको पनि हेल्पले दोस्रो सेट २५(१७ ले जितेपछि खेल थप रोमाञ्चक बनेको थियो । तर आर्मीले तेस्रो सेट  २५(१८ ले  आफ्नो बनायो । चौथो सेटमा ३३(३१ को कठिन जित निकाल्दै आर्मीले उपाधि चुमेको हो । नेपाल पुलिस क्लबले तेस्रो भयो ।

महिला तर्फको उपाधि न्यु डायमन्ड क्लबले उचालेको छ । नेपाल एपीएफ क्लब दोस्रो भयो । दुवै प्रतिस्पर्धाको विजेताले चाररचार लाख रुपैयाँ पाए भने  उपविजेताले दुई दुई र तेस्रो हुनेले एकरएक लाख रुपैयाँ पाए ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिकृया दिनुहोस्