×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदबाट बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम

संसदबाट बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम

काठमाडौं -  संघीय सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको शनिबार राति बसेकोबैठकले कार्यक्रम पारित गरेको हो ।

संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रिय सभाको जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेस गरेका थिए । गत जेठ ७ गतेदेखि १३ गतेसम्म नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।


राष्ट्रिय सभाको जेठ ९ गते मंगलबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस्