×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा

काठमाडौँ- म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो।

पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले १/१गोल गरे। खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाए। खेलको ७६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडको जित पक्का गरे।

अब युनाईटेडले उपाधिका लागि न्युकासल युनाईटेडसँग भिड्नेछ।

प्रतिकृया दिनुहोस्