×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

नेपालको पहिलो प्रतिद्वन्दी बंगलादेश

काठमाडौं- बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत पुरुषतर्फको खेल तालिका परिवर्तन भएको छ । माल्दिभ्सले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि पुरुषतर्फको खेल तालिका परिवर्तन भएको हो ।

पुरुषतर्फ चार टिमले मात्र प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा आयोजक बंगलादेश, नेपाल, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । खेल तालिका परिवर्तन भएसँगै नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्ने भएको छ । नेपाल र बंगलादेशबीचको खेल भोलि (बिहीबार) हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा उज्वेकिस्तान र अन्तिम खेलमा श्रीलंकासँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्