पोखरा -विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-२७ तालचोक बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका-४ घर भएका २१ वर्षीय कृष्ण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी उनले विभिन्न कम्पनीमा जागिर लगाई दिन्छु भन्दै प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँको दरले पैसा उठाई काममा नलगाई ठगी गरेको भन्ने सूचानको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरीले जनाएको छ ।