×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सुदूरपश्चिम

बैतडीमा पनि सोमबारदेखि निषेधाज्ञा जारी

बैतडीमा पनि  सोमबारदेखि निषेधाज्ञा जारी

बैतडी- बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ।
आइतबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्। संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको उनले बताए।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन। खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्