×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुपर मादीको आइपीओमा आजसम्म आवेदन दिन मिल्ने

सुपर मादीको आइपीओमा आजसम्म आवेदन दिन मिल्ने

काठमाडौँ- सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएको छ। आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ जारी गरेको हो।

यो मध्ये १०५ अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५५ अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो। सीडीएसका अनुसार बुधबार माघ ११ गतेसम्म यस कम्पनीको आइपीओमा १० लाख २७ हजार ८४३ जनाले १ करोड १९ लाख २ हजार ५०० कित्ताका लागि आवेदन दिएका छन्।

यो मागभन्दा ६.८२ गुणा बढी आवेदन हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

सी-आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस्