काठमाडाैँ- सर्लाहीकाे धनकाैलमा गाेली चलेकाे छ । सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हाे । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । फायरपछि मतदान राेकिएकाे छ ।