×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपालका बाढीपीडितलाई Care Earth株式会社 को ५ लाख येन सहयोग, NRNA जापानद्वारा धन्यवाद व्यक्त

नेपालका बाढीपीडितलाई Care Earth株式会社 को ५ लाख येन सहयोग, NRNA जापानद्वारा धन्यवाद व्यक्त

जापान। नेपालमा हालै आएको प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले जापानस्थित Care Earth株式会社 ले ५ लाख जापानी येन आर्थिक सहयोग गरेको छ । विपत्तिको कठिन समयमा मातृभूमि नेपाललाई सम्झँदै मानवीय सहयोग प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (NRNA) जापानले Care Earth株式会社 प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

यसै सन्दर्भमा NRNA जापानका अध्यक्ष श्री सुबास लामिछाने र Care Earth株式会社 का प्रतिनिधिबीच भेटघाटसमेत भएको थियो । विदेशमा रहेर पनि नेपालमा परेको दुःख र पीडालाई आत्मसात् गर्दै प्रदान गरिएको यो सहयोग आर्थिक योगदानमा मात्र सीमित नभई मातृभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र नेपाल–जापानबीचको मैत्रीपूर्ण सम्बन्धको उदाहरणका रूपमा लिइएको छ।

विपत्तिको समयमा नेपालका नागरिकको पीडामा साथ दिँदै सहयोगको हात बढाउनुहुने Care Earth株式会社 तथा यस मानवीय अभियानमा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण महानुभावहरूप्रति NRNA जापानले सम्मान, कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्