×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बूढीगण्डकीमा भीषण बाढी: चुमनुब्रीका ३५ घर बगायो, तटीय क्षेत्रमा उच्च सतर्कता

बूढीगण्डकीमा भीषण बाढी: चुमनुब्रीका ३५ घर बगायो, तटीय क्षेत्रमा उच्च सतर्कता

गोरखा - गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको भीषण बाढीले पैयू र बगर गाउँका ३५ वटा घर बगाएको छ। बाढीका कारण दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा व्यापक क्षति पुगेको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिएकी छन्।  

उपाध्यक्ष गुरुङका अनुसार आज बिहान ४ बजे बस्तीमा बाढी पसेपछि स्थानीय बासिन्दाहरू ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए। विशेष गरी चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।  

यसैबीच बाढीको थप जोखिमलाई मध्यनजर गर्दै सिर्दिबासका साथै धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताएका छन्। हालसम्म बाढीबाट मानवीय क्षतिको विवरण प्राप्त नभएको र क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।   

प्रतिकृया दिनुहोस्