×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाललाई यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधी

नेपाललाई यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधी

काठमाडौं -नेपालले फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै  एसिसी यू१६ इस्ट जोन कपको उपाधि जितेको छ । नेपालका लागि नरेन भट्ट र कप्तान अभिषेक तिवारीको उत्कृष्ट प्रदर्शन गरे।


२ सय ५३ रनको लक्ष्य पच्छ्याएको मलेसिया ३१ रनमा समेटियो। मलेसियालाई सस्तोमा समेट्न नेपालका अभिशेख तिवारी एक्लैले ५ विकेट लिए।

सन्तोष यादबले ३ तथा सागर गैरे र अशोक धामीले एक एक विकेट हात पारे। मलेसियाले १४.५ ओ‌भरमा सबै विकेट गुमाएको थियो।


मलेसियाका ५ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाए। मलेसियाले पहिलो ओभरमै २ विकेट गुमाएको थियो।

अभिशेकले ६ ओभरमा एक मेडन राख्दै ७ रन खर्चिए। ३ ओभर बलिङ गरेको सन्तोषले २ मेडन राख्दै ९ रन दिएका थिए।

यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।

यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।

प्रतिकृया दिनुहोस्