×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सत्ता गठबन्धनले टुंग्यायो प्रदेश सरकार नेतृत्वको भागबन्डा, कुन प्रदेशमा कसको सरकार ?

सत्ता गठबन्धनले टुंग्यायो प्रदेश सरकार नेतृत्वको भागबन्डा, कुन प्रदेशमा कसको सरकार ?

काठमाडौं- सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्वबारे सहमति जुटेको छ । आइतबार साँझ बालुवाटारमा बसेको दलका शीर्ष नेताहरूको बैठकले भागबन्डा टुंग्याएको हो ।

बैठकमा बाँकी रहेका (प्रदेश १ बाहेक) ६ वटा प्रदेशमा सरकार गठनको बाँडफाँट टुंगिएको हो । जसअनुसार गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ । बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो ।

आइतबार प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । उनले सोमबार शपथ पनि लिँदैछन् । सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी रहेका थिए ।

प्रतिकृया दिनुहोस्