×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा एमसीसी, संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालले गरेको गतिरोध अन्त्य लगायत विषयमा छलफल भैरहेको बताइएको छ ।

बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बाहिरिसकेका छन् । एमसीसी सम्झौता खारेज गर्न माग गर्दै विभिन्न दलहरुले आन्दोलन गरिरहेका छन् । नेकपा एमालेले पनि एमसीसीको विषयमा सरकारको धारणा के हो ? भनेर पटक-पटक प्रश्न गरिरहेको छ ।

त्यसो त एमालेले सरकारले आफ्नो धारणा राखेपछि प्रतिक्रिया दिने भनेर ‘पर्ख र हेर’ को सिद्धान्त अपनाइरहेको छ । सत्ताधारी दलहरुले एमसीसीको विषयमा के निर्णय गर्छन् भनेर सबैको ध्यान यतिबेला बालुवाटार बैठकतिर केन्द्रीत भएको छ । सत्ता गठबन्धनको बैठक सकिए लगतै सर्वदलीय बैठक बस्ने तयारी भएको छ ।

 
 

प्रतिकृया दिनुहोस्