×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बंगलादेशमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

बंगलादेशमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

ढाका-  बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले दुई जनामा यो सङ्क्रमण पाइएको जानकरी दिए ।

उनका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो सङ्क्रमण भेटिएको हो। स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो ।यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो । भारतमा सुरुमा भेटिएका सङ्क्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ ।

प्रतिकृया दिनुहोस्