×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उदयपुर-१ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

उदयपुर-१ मा रोकिएको मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौँ- उदयपुर क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। हिजोदेखि यो क्षेत्रमा मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले उदयपुरका मुख्य निर्वाचन अधिकृतलाई पत्राचार गर्दै रोकिएको मतगणना कार्य पुनस् सुरु गर्न निर्देशन दिएका छन्।

आयोगको निर्देशनपछि सर्वदलीय बैठक गरेर मतगणना पुनः सुरु गर्ने तयारी छ। प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना स्थगित भएको थियो।

यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ। काँग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि छन्। नेकपा एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी पछि परेकी छन्।

यो क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। खड्काले अहिलेसम्म २७ हजार चार सय ८४ र चौधरीले २५ हजार ६ सय ५९ मत ल्याएका छन्।

प्रतिकृया दिनुहोस्