×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेसी आयोगको सुझाव

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेसी आयोगको सुझाव

काठमाडौँ- मधेसी आयोगले धर्म परिवर्तनका नाममा मधेसमा रकम आउने गरेको भन्दै त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले हालै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष ०७८-०७९ को वार्षिक प्रतिवेदनमा धर्मान्तर (धर्म परिवर्तन) र धर्मान्धताका नाममा भित्रिने रकममा गृह मन्त्रालयले निगरानी गर्नुपर्ने सुझाव दिएको हो ।

आयोगले सनातन हिन्दु संस्कृतिमाथि अतिक्रमण र धर्मान्तरण रोक्न समेत सरकारलाई सुझाएको छ । यस बाहेक आयोगले विभिन्न धर्मावलम्बीका शैक्षिक संस्थालाई सूचीकृत गरेर राज्यको मूलधारमा ल्याउन समेत अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्